सेनाको निगरानीमा रहेका जर्नेल प्रेम शाही माथिको छानवीनको निश्कर्ष चाडै आउने

सेनाको निगरानीमा रहेका जर्नेल प्रेम शाही माथिको छानवीनको निश्कर्ष चाडै आउने

काठमाडौं । आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाको  निगरानीमा रहेका जर्नेल प्रेम शाही माथिको छानविन निश्कर्ष चाडै आउने नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाही विरुद्ध परेका उजुरीमाथि सेनाको कोर्ट अफ इन्क्वायरीले जाँच गरिरहेको र त्यसले चाडै आफ्नो प्रतिवेदन बुझाउने बताए । नेपाली सेनाको इतिहासमै उच्च पदस्थ रथिबृन्दलाई निगरानीमा राखेर अनुसन्धान गरिएको यो दोस्रो घटना हो । शाही विरुद्ध प्रधानमन्त्री कार्यालयमा  २०७८ साल असोज ७ गते उजुरी परेको थियो । २२६५ नम्बरको दर्ता नम्बरमा परेको उजुरीमा शाहीले शक्तिमा रहदा आर्थिकसहितका अन्य अनियमितता गरेकोे उल्लेख छ । त्यस्तै सोही व्योहोराको उजुरी रक्षा मन्त्रालयमा २०७८ साल असोज ४ गते ९५५ र ९५६ दर्ता नम्बरमा दर्ता भएको छ ।  उजुरीमा उनीविरुद्ध आर्थिक अनियमितताका साथै शक्तिको दुरुपयोग गरेको उल्लेख छ । 
आर्थिक अनियमितता जस्ता गम्भिर विषयमा उजुरी परेकाले शाहीलाई भित्रै राखेर छानवीन गर्नु परेको सेनाको भनाई छ । 

पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाको सहयोगीका रुपमा शाही आफु सैनिक अस्पतालको प्रमुख रहदा आफु अनुकुलका निर्णय गर्न तत्कालिन जनशक्ति बाधक बनेपछि आफु निकट लाई मातहत ल्याएका थिए । शाहीले नियम विपरित काम गरेपछि अस्पतालमा कार्यरत करिब ५० जनाले राजिनामा दिएका थिए । राजिनामा दिएका दक्ष प्राविधिक अहिले विभिन्न अन्य अस्पतालमा कार्यरत छन् । शाहीका कारण दक्ष जनशक्तिले छाउनी अस्पताल छोडेपछि अहिले पनि त्यहा प्राविधिकको समस्या रहेको अस्पताल स्रोतले जनाएको  छ । 


सैनिक अस्पतालमा रहदा औषधी खरिद, विभिन्न समानहरु खरिद र निर्माण कार्यमा चरम लापरबाही गरी ठूलो मात्रामा आर्थिक हिनामिना गरेको, विशेष फौज बाहिनीपति  रहदा लक्ष्मी निवास भवनलाई पुर्ननिर्माण गर्दा भएको चरम आर्थिक अनियमितता र पूर्णचन्द्र थापाको सैनिक सहायकको नियुक्तिमा रहदा प्रधान सेनापतिको कार्यालय पुर्ननिर्माण गर्दा करिब तीन करोडको घोटला गरेको भनी तत्कालिन उपरथि सिताराम खड्काले प्रतिवेदन बुझाएपनि पूर्णचन्द्र थापाले कारबाही गरेका थिएनन् । 
शक्तिको दुरुपयोगमार्फत शाहीले गरेको आर्थिक अनियमितताका सम्बन्धमा अहिले छानवीन भइरहेको छ । अनियमितताबाट आर्जित रकमबाट शाहीले कैलाली जिल्लाको बुढीतोला इलाकामा कालिज फार्म संचालन गरिएको , बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १८ बडहरर्वामा रेष्टुरेण्ट तथा कृषि फार्म संचालन गरेको उजुरीमा उल्लेख छ ।  

पूर्णचन्द्र थापाको कार्यकालमा शाही उपरथीमा बढुवा भएका थिए । सेना भित्रका विभिन्न अनियमितामा मुछिएका शाहीलाई सेना भित्र विवादित अधिकारीका रुपमा बुझ्ने गरिन्छ । उनीमाथि लागेका आरोपका विषयलाई ओझेलमा पार्ने गरी शाहीले आफ्नो उमेर विवादको मुद्दा लिएर सर्वोच्च पुगेको जंगी अड्डाको बुझाई छ । मुख्यालयको यसअघिको निर्णयलाई वास्ता नगरी न्यायलय पुगेपछि अवकासको मुखैमा उनी भ्रष्टाचारको आरोपमा सैनिक प्रहरीको नियन्त्रणमा पुगेका हुन् । 

आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै गत पुस ७ गते नेपाली सेनाको जंगी अड्डा र रक्षामन्त्रालय विरुद्ध रिट बोकेर  शाही सर्वोच्च पुगेका थिए । शाहीको शैक्षिक प्रमाणपत्रमा दुईथरी उमेर देखिएको छ । सैनिक मुख्यालयका अभिलेख अनुसार उनी गएको पुस २० गते अवकासमा जादै थिए । अनिवार्य अवकासमा जानेभएपछि घर विदामा रहेका शाहीलाई सर्वोच्च अदालतले एक वर्ष जागिर लम्बिने गरी अन्तरिम आदेश दिएको थियो । 

उमेर छलेर रथी बन्ने दाउमा रहेका उपरथी शाही अन्ततः अवकासको मुखैमा सैनिक हिरासतमा पुगेका हुन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार