उदयपुरका दुई सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण

उदयपुरका दुई सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण

अन्जनी कुमार अधिकारी , उदयपुर । पुर्व परराष्ट्रमन्त्री एवम उदयपुर क्षेत्र नं १ संघिय सांसद डा. नारायण खड्काले दुई सामुदायिक विद्यालयका चार सय ८६ जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नु भएको छ । 

सांसद खड्काले जिल्लाको त्रियुगा नगरपालिका ७ स्थित जनज्योती माद्यामिक बिधालयका दुई सय २५ र भगवती माद्यामिक बिधालय चौदण्डीगढी नगरपालिका ९ हडिया मुसहर्नियाका दुई सय ६१ जना गरी चार सय ८६ जना विद्यार्थीलाई न्यानो कपडा सुइटर वितरण गर्नु भएको हो । पुसको महिनामा सामान्य कपडा लगाएर आएका विद्यार्थीलाई स्वीटर दिइएपछि विद्यार्थीहरु हर्षित भएका छन् । 

मानवीय सेवालाई निरन्तरता दिन विद्यार्थीलाई आफुले सहयोग गरेको डा. खड्काको भनाइ छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीसँग न्यानो कपडा नभएपछि सहयोग गरिएको हो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार