काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनियाँ अधिकारीहरुलाई कोरोना महामारीकाे बारेमा वास्तविक जारीकारी दिन आग्रह गरेको छ ।सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको छ।डब्लूएचओले अस्पताल भर्ना, सघन उपचारको अवस्था र मृत्यु भएकाहरुको यकिन विवरण उपलब्ध गराउन पनि चीनसँग आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
सङ्क्रमण बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता समेत व्यक्त गरेको छ ।डब्ल्यूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदान प्रदान भएमा महामारी रोकथाम गर्न सहज हुने अपेक्षा राखेको छ ।
अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटाली, जापान र ताइवानलगायतका मुलुकले चीनबाट आउने यात्रुका लागि कोराना परीक्षणलाई अनिवार्य गरिसकेका छन्।
चीनले दैनिक ५ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको आंकडा प्रस्तुत गरेपनि त्यो संख्या वास्तविक नभएको डब्लूएचओले दावी गरेकाे छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?