चुनौतीको चाङ्गमा चुलिएको सरकार माओवादीकालागि उत्तम अवसर पनि

चुनौतीको चाङ्गमा चुलिएको सरकार माओवादीकालागि उत्तम अवसर पनि

काठमाडौं । फरक दर्शन र सिद्धान्त बोकेका दलहरुको समर्थनमा बनेको यो सरकारका सामु अवसर भन्दा पनि चुनौतीको चाङ्ग अग्लो देखिन्छ ।

गठबन्धनमा सहभागी चारतिर फर्किएका दलहरुको आन्तरिक व्यवस्थापन नै यो गठबन्धनको सबैभन्दा ठुलो चुनौती हो । गठबन्धनलाई हेर्ने अन्तराष्ट्रिय नजरको व्यवस्थापन अर्को ठुलो चुनौति हो । राष्ट्रवाद, राष्ट्रियता र देशको बखान गर्नेहरुका लागि अन्र्तराष्ट्रिय सम्बन्धको समदुरी बनाइराख्न त्यति सहज देखिदैन ।

त्यसैले अन्तर्राष्ट्रियवादको कुरा यो गठबन्धनका लागि पेचिलो मुद्दा बन्ने निश्चितै छ । 

सरकारले झेल्ने अर्को चुनौति हो मुलुकको अर्थतन्त्र । रेमिट्यान्सले धानेको देशको खर्चलाई कम गर्दै उत्पादनसँग जोडिन ढिलो भइसकेको सन्दर्भमा स्वार्थका आधारमा सत्ताकालागि एकै ठाँउमा आएका दलहरुबाट साझा कार्यक्रम बन्ला भनेर विश्वास गरिहाल्न सक्ने अवस्था पनि छैन ।  

अनि सँगसगै सुशासनको चुनौती त छँदैछ ।  २०४६ सालपछि सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर कुर्लने रवी लामिछानेलाई नै गृहमन्त्री बनाइएको छ । सहकार्यको कुरा त परै छाडौं भोलि तिनै लामिछानेसरकारका लागि घाँडो हुन सक्छन् । सत्ता स्वार्थ र आ आफ्नै तालका कारण सरकारको आयु र यसको औचित्य  लामो नजाने देखिन्छ ।

सिट बाँडफाँड र शक्ति सन्तुलनमा कुरा नमिले सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा एमालेनै पहिलो नहोला भन्न सकिन्न ।  बस्ने कुर्सीको साइज, रङ्ग र प्लेसिङ्ग नमिलेको भन्ने जस्ता साना साना कुरामा मनमुटाव गर्नेहरु अहिले सँगै छन् ।

मन्त्रालयको भागबण्डा मात्र होइन मन्त्रीले चढ्ने गाडीमा पनि प्रधानमन्त्रीले विभेद गरे भन्ने खालको गुनासो सुन्नु परे अनौठो नमाने हुन्छ ।

हरेक विषयका दुई पाटा हुन्छन् एउटा सकारात्मक अर्को नकारात्मक भनिन्छ नी कालो बादलमा पनि चम्किलो चादीको घेरा हुन्छ ।

त्यस्तै यो सरकारसँग पनि चुनौतीका बाबजुद अवसर र सम्भावना पनि छन् । अझ भन्दा यो माओवादीका लागि त झन् ठुलो अवसर पनि हो ।

यसअघि माओवादीमाथि लाग्दै आएका आरोप र उ प्रतिको अविश्वास हटाउने उत्तम अवसर पनि माओवादीलाई प्राप्त भएको छ ।

विशेष गरि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई त उहाको राजनीतिक हाइट बढाउने उत्तम अवसर मिलेको छ । त्यसैले चुनौतीमा अवसर खोज्ने कि चुनौतीको भारले थिचिएर सकिने प्रचण्डले हर निमेश सोचेर पाइला चाल्नु पर्ने छ । 

राजनीति भनेको सत्तामा जानु मात्रै पनि होइन । आफ्नो एजेण्डा स्थापित गर्नु पनि हो । एजेण्डा स्थापित गर्न माओवादीलाई यो गठबन्धन सरकार सहज देखिन्न यो भने सत्य हो  

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार