कांग्रेसलाई मिलेको नयाँ अवसर

कांग्रेसलाई मिलेको नयाँ अवसर

काठमाडौं । संसदीय अभ्यासमा संसदको पहिलो दल सरकारमा र दोस्रो ठुलो दल प्रतिपक्षमा रहने विश्वव्यापी मान्यता हो । सिद्धान्त र  निष्ठाको राजनीति गर्नेहरुले यो मान्यतालाई आत्मसाथ गरेको पनि देखिन्छ ।

जब राजनीतिमा विचार, सिद्धान्त र निष्ठालाई गणितले चलाउन थाल्छ त्यतिबेला यस्ता राजनीतिका मान्यताहरु भत्कने गर्छन् । सत्ताप्राप्तीका लागि दर्शन र पार्टीको विचारलाई बाइपास गरेर अंक मिलाउन खोज्दा नेपालमा धेरै पटक संसदको तेस्रो दलले सत्ता चलाएका छन् ।

यसैको निरन्तरतामा पछिल्लो गठबन्धन बन्दा पहिलो दल कांग्रेस सिङ्गै प्रतिपक्ष बन्ने देखिन्छ ।

संसदमा सत्ता पक्ष भन्दा पनि प्रतिपक्ष बलियो बन्नु लोकतन्त्रका लागि सबल पक्ष पनि हो । पहिलो दल बनेको कांग्रेसले अब बलियो प्रतिपक्षको भूमिकामा खरो उत्रने अवसर पाएको छ । यसलाई सदुपयोग गर्नु कांग्रेसकालागि बुद्धिमानी पनि हो ।

प्रदेशदेखि केन्द्रसम्मको शक्ति बाँडफाँडबाट बाहिरिएको कांग्रेसले अब जनताका आवाजलाई सदनमा प्रभावकारीरुपमा पेश गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी पाएको छ ।

यो अवसर र जिम्मेवारीलाई पुरा गर्न अबको कांग्रेस एक हुनुको विकल्प छैन । सत्तामा पुग्न नपाएको अमिलो मन लिएर नेतृत्वलाई सराप्नेमा भन्दा पनि नया सरकारको वाचडगमा कसरी खरो उत्रने अबको उसको बाटो यहि नै हो ।

तसर्थ भावी दिनमा कांग्रेसले पार्टी नेतृत्वको कार्यशैली, भूमिका र समग्र पार्टीको जीवन शैलीको समिक्षा गर्नु पर्ने देखिन्छ । उसै पनि फरक दर्शन र सिद्धान्त बोकेका आधा दर्जन पार्टीलाई लिएर सरकार चलाउनु पनि कांग्रेसलाई सजिलो थिएन ।

कम्तिमा यो झन्झटबाट मुक्त भएको कांग्रेसले आगामी चुनावमा एक्लै जाने गरिको हैसियत आजैदेखि निर्माण गर्नु पर्ने देखिन्छ ।

महामन्त्री विश्वप्रकाश शर्माले भने जस्तै पार्टीका भत्किएका आन्तरिक संरचनालाई सबल बनाउदै वल्र्डकप उचाल्ने या अझै नेतृत्वमाथि धारे हात लाइराख्ने कांग्रसीजनले  सोच्नु पर्ने छ ।

संसदीय लोकतन्त्र जोगाउने अभिभारा पनि अब कांग्रेसकै काँधमा आइलागेको छ ।


 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार