काठमाडौं । अमेरिका र क्यानडामा चिसो आँधीसहितकोका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।
न्युयोर्कको बफेलो क्षेत्र बढी प्रभावित बनेको छ । त्यस्तै, क्यानडाको ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्त मेरिटसमेत अत्यधिक प्रभावित बनेको छ । बरफ जमेको सडकमा बस पल्टिँदा चार जनाको ज्यान गएको छ ।
क्यानाडादेखि टेक्ससको दक्षिणी भागसम्म फैलिएको हिमपातले हजारौं घरहरू पुरिएका छन् ।बिजुली आपूर्ति बन्द हुँदा १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।
र्टिक उपमहादीपबाट आएको चिसो आँधीले अमेरिकाको केही भागमा तापक्रम माइनस ४५ डिग्री सेल्सियसमा झरेको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?