चीनमा कोरोना संक्रमणको गति बढ्दै जाँदा त्यहाँका अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेका छन् ।चिनियाँ अधिकारीहरुले भने संक्रमण बढे पनि मृत्यु दर कम रहेको दाबी गर्दै आएका छन् ।विश्व स्वास्थ्य संगठनले चीनका अस्पतालहरु बिरामीले भरिन थालेको र आइसीयुमा बिरामी राख्न पालो पर्खनु पर्ने अवस्था रहेको जनाएको छ ।अस्पतालहरु भरिने क्रम बढेको सूचना आईरहेकाले यथार्थ विवरण उपलब्ध गराउन चिनियाँ अधिकारीहरुलाई डब्ल्युएचओका आकस्मिक शाखाका प्रमुख डा. माइल रायनले आग्रह गर्नुभएको छ ।
चिनियाँ अधिकारीहरुलाई भाइरस संक्रमणको सही सूचना दिन भन्दै आएको जानकारी दिंदै उहाँले डब्ल्युएचओ आवश्यक प्रबन्धका लागि तयार रहेको बताउनुभयो ।
जेनेभामा बोल्दै डा. रायनले खोप नै एक मात्र बच्ने उपाय भए पनि एकीकृत रणनीति बिना यो भाइरसलाई जित्न सकिंदैन भन्नुभयो । चीनमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएको विश्वास गरिएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?