दुधकोशी नदिको बंशिलाघाटमा निर्माण हुन लागेको मोटरेवल पक्की पुलको शिलान्याश

दुधकोशी नदिको बंशिलाघाटमा निर्माण हुन लागेको मोटरेवल पक्की पुलको शिलान्याश

अञ्जनी कुमार अधिकारी, उदयपुर । उदयपुर जिल्ला र खोटाङ जिल्लालाई जोड्ने दुधकोशी नदिको बंशिलाघाटमा मोटरेवल पक्की पुल बन्ने भएको छ । 
शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोटरेवल पक्की पुलको शिलान्याश गर्नुभएको हो । उदयपुर र खोटाङ जिल्लाको समग्र बिकास र ब्यापारीक नाकाको रुपमा हेरिएको उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ५ शिवाइ बाट बेल्टार – बिरेन्द्रबजार – छुइला – बंशिला हुँदै खोटाङ जिल्लाको चिसापानी खोटाङ दिक्तेल सडक खण्ड अन्तरगत पर्ने दुधकोशी नदिमा मोटरेवल पक्की पुल निर्माण गर्न लागिएको हो ।

१५० मिटर लम्बाइ, ११ मिटर चौडाइ रहेको सो पुलमा ३ वटा स्पान रहने पुल सेक्टर धरानले जनाएको छ । भ्याट समेत गरी कुल १९ करोड १८ लाख ४१ हजार ४ सय रुपैयामा निर्माण सम्पन्न गरिने सो पुल निर्माणको जिम्मा भने कालिका–भेदान्सी जेभी बालुवाटार काठमाण्डौले पाएको छ। ३३ महिना भित्र निर्माण सम्पन्न हुने उक्त पुल निर्माणका लागी २०७७ साल पौष २८ गतेनै सम्झौता गरिएको पुल सेक्टर धरनले जनाएको छ ।

शिलान्याश कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले कुनै पनि बहानामा बंशिलाघाटको पुल निर्माणमा ढिलाई गर्न नहुने बताउनुभयो । उदयपुर र खोटङका लाखौं जनताको मुहार फेर्ने बंशिलाघाटको मोटरेवल पक्की पुल समयमा सम्पन्न हुनेमा आफु आशाबादी उहाको भनाइ छ ।

त्यस्तै सोही सडक अन्तरगर्त पर्ने चौदण्ढीगढी नगरपालिकको वडा नं ५ शिवाइ–बेल्ही जोड्ने त्रियुगा नदीमा निर्माण सम्पन्न हुनै लाग्दा नदीमा आएको बाढीले क्षती पुगेपछी लामो समय देखी अलपत्र रहेको पुल समेत बन्ने भएको छ । शुक्रबार नै सडक बिभागका महानिर्देशक अर्जुनजंग थापा सहितको टोलिले सो पुलको स्थलगत अवलोकन गर्दै आगामी बर्ष अघि नै पुल निर्माण हुने बताउनुभयो । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार