पाँच वर्षमा पनि बनेन प्रदेश सभा भवन

पाँच वर्षमा पनि बनेन प्रदेश सभा भवन

मकवानपुर। बागमती प्रदेश सभाको भवन निर्माण नहुँदा दोस्रो कार्यकालको सुरुका बैठक साँघुरो भवनमा नै सञ्चालन हुने भएको छ । प्रदेश सभाको आफ्नै भवन र हलको अभावमा प्रदेश सभा बैठक र प्रदेश सभा सचिवालय हेटौँडा उपमहानगरपालिका–१० स्थित तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको साँघुरो भवनमा सञ्चालन हुँदै आएको छ ।

प्रदेश सभाको नयाँ भवन निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीले तोकिएको समयमा काम पूरा नगरेका कारण पुरानै अव्यवस्थित र साँघुरो भवनमा प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु गर्नुपर्ने बाध्यता रहेको बागमती प्रदेशको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले बताउनुभयो । नयाँ भवन तोकिएको समयमा पूरा नभएको र निर्माणाधीन अवस्थामा रहेकोले पुरानै भवन र संरचनामा प्रदेश सभाको दोस्रो निर्वाचनपछिको प्रदेश सभाको अधिवेशन गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

प्रदेश सभाको पहिलो कार्यकालको सुरुवातदेखि नै प्रदेश सभाका सदस्यले प्रदेश सभा बैठक, राजनीतिक दलहरूको संसदीय दलको कार्यालय र प्रदेश सभाको सचिवालय सञ्चालन गर्न पर्याप्त नभएको, अव्यवस्थित र साँघुरो भएको भन्दै नयाँ भवन निर्माण गर्न माग गरिएको थियो । सोहि अनुसार २०७७ मङ्सिर १० गते प्रदेश सभाका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा भवनको शिलान्यास गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार