आजदेखि ईभी नेपाल एक्स्पो सुरु

आजदेखि ईभी नेपाल एक्स्पो सुरु

काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि ईभी नेपाल एक्स्पो सुरु भएको छ । प्रदर्शनीमा विद्युतीय कार, स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्याक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ् स्टेसन, ब्याट्री लगायतका विद्युतीय सामग्रीहरु राखिएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ एक्स्पोको उद्घाटने गर्नुभएको हो  ।पछिल्लो समयमा विद्युतीय सवारीप्रति धेरैको आकर्षण बढिरहेको र नेपालमा समेत यसका लागि आवश्यक विद्युत उत्पादन प्रशस्तै मात्रामा भइरहेको उहाँले बताउनुभयो । विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा भएको यो सबैभन्दा ठुलो प्रदर्शनी हुने दाबी गरिएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार