चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन

काठमाण्डौ । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा बुधबार निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिले उहाँको निधन भएको घोषणा गरेको हो ।

रक्तकोषिका र श्वेत रक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा निधन भएको चिनियाँ संचार माध्यमले जनाएका छन् । उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिकस्थलमा देखिनुभएको थिएन ।

तीन वर्षअघि उहाँ तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी हुनुभएको थियो । पूर्वराष्ट्रपति जियाङले सन् १९८९ देखि २००२ सम्म सीपीसीको महासचिव, त्यही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रूपमा चीनको नेतृत्व गर्नुभएको थियो । बि.सं २०५३ सालमा जेमिनले नेपालको भ्रमण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार