३२ अर्ब रुपैयाँभन्दा बढीका प्रशोधित तेल निकासी

३२ अर्ब रुपैयाँभन्दा बढीका प्रशोधित तेल निकासी

पर्साको वीरगन्ज भन्सार नाकाबाट ३२ अर्ब रुपैयाँभन्दा बढीको भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेलको निकासी भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा  यो नाका हुँदै सर्वाधिक निकासी हुने वस्तुहरुको सूचीमा भटमास र पाम तेल क्रमश पहिलो र दोश्रो तथा सूर्यमुखीको तेल तेश्रो नम्बरमा रहेको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षसम्मको यस अवधिमा भन्दा अहिले यी तेलको निकासी अत्यधिक भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाले बताउनुभयो ।चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा यी तीनै तेलको उच्च निकासीको कारण यो नाका हुँदै सर्वाधिक निकासी हुने वस्तुहरुको सूचीमा परेको उहाँको भनाई छ ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा यो नाकाबाट १७ अर्ब २० करोड ९० लाख रुपैयाँ बराबरको ७ करोड ५९ लाख किलो भटमासको तेल निकासी भएको छ भने प्रशोधित पाम तेल १३ अर्ब ४० करोड रुपैयाँ बराबरको ७ करोड ६ लाख लिटर निकासी भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । यो नाका हुँदै १ अर्ब ५८ करोड रुपैयाँ बराबरको ७९ लाख ५३ हजार किलो सूर्य मुखीको प्रशोधित तेल निकासी भएको वीरगंज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

भारतले आफ्नो मुलुकका उद्योगले आन्तरिक बजारको माग धान्न नसक्ने अवस्था आएपछि छिमेकी मुलुकहरुबाट पाम आयल, भटमास तेल, बनस्पति घिउ आदिको आयात खुल्ला गर्ने गर्दछ । आफ्ना मुलुकका उद्योगी व्यवसायीको दबाबमा फेरी अचानक यस्ता वस्तुको आयातमा भारतले रोक लगाउने गर्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार