दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुन मतदान हुने

दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुन मतदान हुने

काठमाण्डौ । दोलखाका १० मतदान केन्द्रमा खटिएका कर्मचारीलाई कारबाही गर्दै निर्वाचन आयोगले पुनः मतदान गराउने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको सोमबार बिहान बसेको बैठकले मंसिर १५ गते मतदान गराउने निर्णय गरेको हो । बैतेश्वर, तामाकोसी, सैलुङ र मेलुङका १० केन्द्रमा निर्वाचन निश्पक्ष नभएको प्रतिवेदन जाँचबुझ समितिले बुझाएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । बैठकले गरेको निर्णयसँगै सोमबारदेखि नै निर्वाचनको तयारी थालेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैतेश्वर गाउँपालिका–६ बैतेश्वर मावि मतदान केन्द्र क, ख र ग मा पुनः मतदान हुनेछ । त्यस्तै सोही पालिका–२ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथसहित बैतेश्वरकै कालीढुंगा माविको क, ख र गमा अब पुनः मतदान हुनेछ । यही मंसिर ४ गते भएको मतदानका क्रममा ‘बुथ क्याप्चर’ भएको भन्दै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्नुभएको थियो ।

यससँगै आयोगको टोलीले गएर स्थलगत अध्ययन गरी पुनः मतदान गराउनुपर्ने निष्कर्ष निकालेको थियो । उक्त समितिको प्रतिवेदनमा बैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत रूपमा बुथ कब्जा भएको र त्यसमा कर्मचारीको पनि कम्जोरी भेटिएको उल्लेख छ । यसैका आधारमा आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार