गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा निर्वाचित

गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा निर्वाचित

काठमाण्डौ । रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोरा विजयी हुनुभएको छ । नेपाली कांंग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै बोहोरा निर्वाचित हुनुभएको हो । बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गर्नुभएको छ भने खाँणले ३४ हजार ६ मत प्राप्त गर्नुभएको छ । राप्रपाका नेता बोहोरा चुनाव प्रचार प्रसारभर ‘भ्वाइस रेस्ट’ मा हुनुहुन्थ्यो ।

घरदैलोका क्रममा मतदातासँग साक्षात्कार गरे पनि बोहराले कसैसँग दोहोरो कुराकानी गर्नुभएको थिएन् । विगत करिब ५ महिनादेखि बोहरा बोल्न छाडेका र उहाँले इशाराले नै मत मागेको राप्रपाका जिल्ला अध्यक्ष प्रदीप उदयले बताउनुभयो । पोस्ट कोभिडका कारण समस्या देखिएपछि उहाँ चिकित्सकको सल्लाहमा ‘भ्वाइस रेस्ट’ मा बस्नुभएको उहाँले जानकारी दिनुभयो ।

मतदातासँग भलाकुसरी नै नगरी, दोहोरो संवाद नै नगरी, कुनै पनि चुनावीसभालाई सम्बोधन नै नगरी बोहराले  गृहमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पराजित गर्नुभयो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार