सिन्धुपाल्चाेक-२ : एमालेका तामाङसँग झण्डै १२ हजार मतान्तरसहित कांग्रेसका बस्नेत विजयी

सिन्धुपाल्चाेक-२ : एमालेका तामाङसँग झण्डै १२ हजार मतान्तरसहित कांग्रेसका बस्नेत विजयी

काठमाण्डौ । नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत प्राप्त गर्नुभयो भने बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्नुभयो ।११ हजार ८७४ को फराकिलो मतान्तरसहित बस्नेत विजयी हुनुभएको हो ।

१४ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको बस्नेत २०३४ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय हुनभयो । केही महिना भूमिगत जीवन पनि बिताएका बस्नेतले ३ महिना निर्वासित जीवन र १ वर्ष बन्दी जीवन पनि बिताउनुभएको छ ।२०४६ देखि राजनीतिमा सक्रिय बस्नेतले बहुदलपछिको पहिलो आमचुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएका बस्नेत २०६४ को पहिलो संविधानसभा चुनावमा पराजित हुनु भएको थियो । २०७० सालको दोस्रो संविधानसभा चुनावमा एमाले उम्मेदवार अरुण नेपाललाई ३२ मतले हराउँदै विजयी हुनुभयो । २०७४ सालको चुनावमा उहाँ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट पराजित हुनुभएको थियो । उहाँ पूर्व मन्त्रीसमेत हुनुहुन्छ । बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । उहाँ मार्सल आर्टको खेलाडी पनि हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार