कान्तिपुर मलद्वारा चाडवाडलक्षित उपहार योजनाको लक्की ड्र सार्वजनिक

कान्तिपुर मलद्वारा चाडवाडलक्षित उपहार योजनाको लक्की ड्र सार्वजनिक

काठमाडौं । नयाँ बसपार्कमा रहेको कान्तिपुर मलले  चाडपर्वको अवसर पारेर  ग्राहकलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउने गरेको छ।यस वर्षको चाडवाडको उपहार योजना मङ्सिर १ गते ग्राहकको उपस्थितिमा लक्की ड्र मार्फत खोलिएको छ।
मुख्यतय दशै,तिहार र छठ पर्वलाई लक्षित गरेर राखिएको उक्त उपहार योजना कार्यक्रममा मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको थियो।
विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको हो ।  कार्तिक महिनाको अन्तिम सम्म मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गरेका थिए।

उक्त उपहार योजना कार्यक्रममा प्रथम पुरस्कार काठमाडौ बोहराटार निवासि श्याम भट्टराईले प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक हातपारे भने  , दोश्रो पुरस्कार १२५ सिसिको यमाहा स्कुटर कुपन न। २०१४९ नम्बरका उदयपुरका खगेन्द्र श्रेष्ठले हात पारे ,तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि कुपन नम्बर ०६५२९ का मित्रनगरका कपिल कडेलले प्राप्त गरे त्यस्तै चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज कुपन नम्बर २०४३२ का तारकेश्वर(७ का मिस्सी विष्टले प्राप्त गर्नु भएको थियो।लक्की ड्र मार्फत गरिएको उक्त्त कार्यक्रममा  सान्त्वना पुरस्कारमा पाँच जनालाइ यसुदाको इलेक्ट केटली राखिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

सम्बन्धित समाचार