बाघको आक्रमणबाट बघिनीको मृत्यु

बाघको आक्रमणबाट बघिनीको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेश शिवदुर्गा सामुदायिक वनमा मृत पाटे बाघ फेला परेको छ । सामुदायिक बन भित्र वयस्क पोथी पाटे बाघ मृत अवस्थामा फेला परेको हो । भालेसँगको लडाइँमा पोथी बाघको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिभिजनल वन अधिकृत प्रविण विडारीले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी) सहितको प्राविधिक टोली घटना स्थल पुगेर मृत बाघको बारेमा जानकारी संकलन गरेको उहाँको भनाई छ ।

यौन एवं आधार इलाका निर्माणका क्रममा बाघहरूबिच लडाइँ हुने उनीहरूको सामान्य प्रक्रिया भएकाले कतिपय बाघहरू बाघकै आक्रमणबाट मर्ने गरेका छन् । जंगलमा आधार ईलाकाको प्रभुत्व जमाउन, संसर्गका बेला र भालेले बच्चा मार्ने क्रममा बाघ बाघविच लडाइँ हुने गरेको एनटीएनसी बर्दियाका संरक्षण अधिकृत डाक्टर रविन कडरियाले जानकारी दिनुभयो । कहिलेकाहीँ दुवैबिच घमासान युद्ध हुँदा शरिरमा गम्भिर चोट लागेको अवस्थामा बाघ मर्ने गरेको उहाँको भनाई छ ।

पाटेबाघको संख्या बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जलगायत यसका मध्यवर्ती क्षेत्रहरूमा बाघको ओहोर दोहोर हुने गरेको छ । खाता जैविकमार्ग लगायत आसपासका जंगलमा पाटेबाघहरू बस्ने गरेको डिभिजनल वन कार्यालय बर्दियाले जनाएको छ । जैविक विविधताको प्रणालीमा यसलाई सामान्य रूपमै लिइन्छ । खाता जैविक मार्ग क्षेत्रमा दुई बर्षको अवधिमा तिन बटा पाटेबाघ मरेको जनाईएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार