गण्डकी प्रदेशका पूर्वाधारमन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका पूर्वाधारमन्त्री खड्का बर्खास्त

कास्की । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई मुख्यमन्त्रीले बर्खास्त गर्नुभएको छ ।प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गठबन्धनलाई असयोग गरेको भन्दै खड्कालाई मन्त्रीबाट बर्खास्त गर्नुभएको हो ।

चुनावी प्रचारमा नहिँडेको, गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको र गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै बर्खास्त गरेको स्रोतको भनाइ छ ।कांग्रेसबाटै मुख्यमन्त्री भएका पोखरेलले कांग्रेसकै सांसद खड्कालाई बर्खास्त गर्नुभएको छ । २०७८ साउन ८ गते खड्का मन्त्री बन्नुभएको थियो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार