पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २ देखि क्यालिब्रेसन उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २ देखि क्यालिब्रेसन उडान हुँदै

कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग सम्बन्धित प्राविधि जाँच गर्न मंसिर २ गतेदेखि क्यालिब्रेसन उडान हुने भएको छ । थाइल्यान्डको एरोनटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडको विमानलाई मंसिर २ देखि १२ गतेसम्म क्यालिब्रेसन उडान गर्न नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको हो ।

थाई कम्पनीको विशेष विमान सुपर किङ एयर बिचक्राफ्ट विमानले पोखरा विमानस्थलमा जडान भएका उडान सम्बन्धी सञ्चार उपकरण, नेभिगेसन, सर्भिलेन्स आदि प्रविधि व्यावसायिक उडान योग्य छ वा छैन भनेर जाँच गर्ने प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो । यो पोखरामा हुन लागेको पहिलो क्यालिब्रेसन उडान भएको उहाँको भनाई छ ।

उक्त विमानले ११ दिनमध्ये ७ दिन पोखराको आकाशमा उडेर त्यहा जडान भएका उडान सम्बन्धी उपकरण तथा प्रविधिहरुको जाँच गर्ने र उडान सकेपछि प्रतिवेदन दिने उहाँले बताउनुभयो । क्यालिब्रेसन उडानमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिहरु हुने छन् । त्यसपछि परीक्षण उडान र व्यवसायिक उडानका लागि बाटो खुला हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालनमा ल्याउन लागेको जनाईएको छ ।यसअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान पनि यसै कम्पनीको विमानले गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार