थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ६७२ र एन्टिजेनबाट ७५३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ८ र एन्टिजेनबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ४२५ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या ४९९ पुगेको छ । मन्त्रालयका अनुसार थप २३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो  २४ घन्टामा कोरोना संक्रमणका कारण कसैको मृत्य् नभएको जनाईएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार