भूकम्पका बेला घरबाहिर भाग्ने क्रममा लडेर मृत्यु

भूकम्पका बेला घरबाहिर भाग्ने क्रममा लडेर मृत्यु

काठमाण्डौ । भूकम्प गएपछि घरबाहिर भाग्ने क्रममा लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ । बझाङको पाटादेवल केन्द्रबिन्दु भएर ५.४ म्याग्नुच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । शनिबार राती ८ बजेर १२ मिनेटमा बैतडीसहित सुदूरपश्चिममा ठुलो धक्का महसूस गरिएको थियो ।

भूकम्पको धक्का महसूस भएका बेला घरबाहिर निस्किदा घरको सिडिबाट लडेर डिलासैनी–१ सेल्तडाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्प गएको बेलामा आत्तिएर घर बाहिर निस्किन खोज्दा लडेर लुहारको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका लुहारलाई अस्पताल लैजान लागिएको र सोहीबेला मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी, स्काउट लगायतका संघसंस्थाले मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेका भने  डिलासैनीगाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा लगायतको टोली घरमा गएर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरेका छन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार