भक्तपुर–२ मा महेश बस्नेत र दुर्लभ थापाबीच कडा टक्कर, कसले मार्ला बाजी ?

भक्तपुर–२ मा महेश बस्नेत र दुर्लभ थापाबीच कडा टक्कर, कसले मार्ला बाजी ?

भक्तपुर । भक्तपुरमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।  
नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका  दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदातका घरघरमा पुगिरहेका छन् । भक्तपुरको क्षेत्र नं २ मा रोचक प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसका दुर्लभ थापा र एमालेका महेश बस्नेतबीच मुख्य प्रतिपर्धा हुने देखिएको छ । कांग्रेसका उम्मेदवार थापाले मतदाताको आधारभूत आवश्यकता पुरा गर्ने गरि काम गर्ने बताउनुभयो । अझै पनि संविधानले ग्यारेन्टी गरेका अधिकारहरु स्थापीत हुन नसकेको भन्दै उहाले आफ्नो ध्यान संविधानको कार्यान्वयन संगै जनताको अधिकार पूर्ण गर्नेमा केन्द्रीत हुने धारणा राख्नुभयो । उहाले मुलुकमा लोकतान्त्रीक गणतन्त्र आएको धेरै बर्ष भएपनि जनताले महशुस गर्न नसकेको बताउनुभयो । 

त्यस्तै एमालेका उम्मेदवार बस्नेतले पाँच बर्ष अगाडी जनताले आफुहरुलाई शंकाको दृष्टिले हेरेपनि अहिले पनि सवै शंका हटिसकेको दावी गर्नुभयो । बिगतमा एमालेले भनेको भन्दा धेरै काम गरेर देखाएको र आगामी दिनमा बाँकी कामहरुलाई पुरा गर्ने उहाले बताउनुभयो । 

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा एमालेका महेश बस्नेत भारी मताअन्तरले बिजयी हुनुभएको थियो ।  कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो । यसपटक सता गठबन्धनले भक्तपुरमा सिट बाँंडफाँटमा प्रतिनिधि सभातर्फ क्षेत्र नं २ को प्रतिनिधि सभाको भाग कांग्रेसले पाएको थियो ।  क्षेत्र नं १ भने माओवादी केन्द्रको भागमा परेको छ । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल ,सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुनिल गोठे र एमालेका नवराज गेलाल उम्मेदवार हुनुुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार