काठमाण्डौ । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को चार दरबन्दी रिक्त भएको छ । पछिल्लो समय अवकाशमा गएका चारै एआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले मंगलबार अवकाश पाएसँगै एआईजीको चारओटा दरबन्दी रिक्त भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले महानिरीक्षक नियुक्त नगरेपछि २० साउन २०७९ मा एआईजी विश्वराज पोखरेल अवकाश लिनु भएको हो । पोखरेलपछि गत २३ भदौमा मुकुन्दराज आचार्यले अवकाश पाउनुभएको थियो । त्यस्तै, प्रशासन विभाग प्रमुख एआईजी अरुणकुमार बीसीले पनि गत १४ कात्तिकमा अवकाश पाएसंगै एआईजीको दरबन्दी रिक्त भएको छ । वरीयताका आधारमा मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका नलप्रसाद उपाध्याय र सुदूरपश्चिमम प्रदेशका मोहनकुमार आचार्य एआईजी बन्ने सूचीमा छन् । रिक्त चार एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डीआईजी प्रतिस्पर्धामा छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?