कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्नुभएको छ । आसन्न निर्वाचनमा सत्ता गठबन्धनको साटो विपक्षीलाई सहयोग गरेको आरोपमा आचार्यलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । गोरखा २ (१) बाट आचार्यले प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएको तर पछि उम्मेदवारी फिर्ता भने लिएको जनाईएको छ । तर , आचार्यले गोरखामा एमालेलाई सहयोग गरेको आरोप छ । उम्मेदवारी दर्ता गर्दाको समयदेखि नै आफू कुनै पार्टी नरहेको र स्वतन्त्र भएको प्रतिक्रिया उहाँले दिनुभएको छ ।
मन्त्रिपरिषद्मा हेरफेर गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेशप्रमुख पृथ्वीमान गुरुङसमक्ष पुगिसकेको छ । मन्त्री आचार्यलाई हटाउन मुख्यमन्त्रीले गरेको सिफारिस प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट स्वीकृत भइसकेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताउनुभयो । प्रदेशप्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेल मंगलबार दिउँसो पोखरा आएलगत्तै मन्त्री आचार्यलाई हटाइएको हो । उक्त मन्त्रालय मुख्यमन्त्री आफैले सम्हाल्नुभएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?