देवदहमा दम्पती मृत अवस्थामा फेला

देवदहमा दम्पती मृत अवस्थामा फेला

रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरको कोठामा भित्रबाट चुकुल लागेको अवस्थामा ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला सोमबार बिहान मृत भेटिएका हुन् ।

भुइँमा पल्टिएको अवस्थामा हेमकला र बालेन्द्र घाँटीमा सल बेरेर पङ्खामा झुन्डिएको अवस्थामा शव फेला परेको देवदह प्रहरी चौकी प्रमुख  प्रहरी निरीक्षक गंगाबहादुर सारुले बताउनुभयो । छिमेकीले घटनाका बारेमा खबर गरेपछि प्रहरीले थाहा पाएको उहाँको भनाई छ । घटनास्थलमा पुगेको प्रहरी टोली घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान गरेको छ ।

यद्यपि, घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । श्रीमान् बालेन्द्र वैदेशिक रोजगारीबाट चार दिन अघि मात्रै घर फर्किएका थिए । छिमेकीहरूले आइतबारसम्म उक्त घरमा झैँ झगडा तथा होहल्ला गरेको केही थाहा नभएको बताएका छन् । बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा छन् । उनी  आइतबार राती आफन्तको घरमा सुत्न गएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार