काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । केही समय अघिमात्र अस्पतालबाट डिस्चार्ज हुनुभएकी दाहालको स्वास्थ्यमा पुन समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार हुँदै छ । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उहाँ डिस्चार्ज हुनुभएको थियो । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित हुनुहुन्छ । यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिने चिकित्सकहरुले बताएका छन् । सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइसकिएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?