देवघाट धाममा गण्डकी परिक्रमा गरिने

देवघाट धाममा गण्डकी परिक्रमा गरिने

काठमाण्डौ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आज देवघाट धाममा गण्डकी परिक्रमा गरिने भएको छ । देवघाट धाम क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा पैदल यात्रा हिँडेर गण्डकी परिक्रमा गर्न लागिएको हो । गत वर्षदेखि सुरु गरिएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।  

तनहुँतर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश संन्यास आश्रम (विद्येश्वर मन्दिर), हरिहर संन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रीनाथ मन्दिर)को परिक्रमा गर्ने कार्यक्रम छ । त्यस्तै चितवनतर्फ देवघाट बसपार्क (सङ्कल्पेश्वर हनुमान मन्दिर), विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृत मावि, योगी नरहरिनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आपँटारी (दियालो बङ्गला चोक), पोखरा बसपार्क (गौरेश्वर शिव मन्दिर), नारायणगढ (हरिहर मन्दिर), नारायणगढ पुलचोक (दुर्गा मन्दिर)को परिक्रमा गरिने छ ।

नवलपुरतर्फ गैँडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, श्रीमद्रामानुज आश्रम, दिव्य धाम मन्दिर, बेसक्याक्प र केलादी क्षेत्रको परिक्रमा गरिने भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार