काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढानिलकण्ठ स्थित नारायणको मन्दिरमा दर्शन गर्नुभएको छ । श्रीमती राधिका शाक्यसहित मन्दिर दर्शन गर्न पुग्नुभएको अध्यक्ष ओलीले सोमबार विहान करिब आधा घण्टा मन्दिरमा पूजाआजा गर्नुभएको हो ।
हरेक बर्ष एकादशी देखी पूर्णिमा सम्म बूढानिलकण्ठ मन्दिरमा मेला लाग्ने गर्दछ ।एकादशी मेलाको अवसर पारेर आउनुभएको अध्यक्ष ओलीले मन्दिर दर्शन गर्नुका साथै त्यहाँको बस्तुस्थितीका बारेमा जानकारी लिनुभएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?