काठमाण्डौ । नेपालको पूर्वी भागमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो ।
नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?