काठमाण्डौ । अवदेखि निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी बोक्ने भ्यान र बसलाई कडाइ गरिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयोजकत्वमा आइतबार बसेको बैठकले बसमा क्षमता भन्दा बढी विद्यार्थी राख्न नपाइने, चालक र सहचालकलाई बेला बेला ओरेनन्टसन लिइनुपर्ने निर्णय गरेको छ ।
बेष्ट एलिमेन्ट्री मन्टेसरी स्कुल लाजिम्पाटमा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहाल स्कुल छुट्टी भएपछि सोही स्कुलको बा १ क ४६४२ नम्बरको बसमा चढेर घर फर्किने बेला सिटबाट झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोक्किएर मृत्यु भएपछि कडाई गर्ने निर्णय गरेको हो । नेपाल अभिभावक महासंघ, हिसान, प्याब्सन र एन प्याब्सनको संयुक्त स्कुल बसहरूको व्यवस्थापन सहजीकरण बैठकले कडाई गर्ने निर्णय गरेको छ । बैठकले स्कुल भ्यानमा उल्टो सिट बनाएर विद्यार्थीहरूलाई चढाई बस चलाउन नपाइने निर्णय गरेको जनाईएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?