काठमाण्डौ । भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । केदारनाथमा मंगलबार निजी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा पाइलट र ६ जना यात्रुको मृत्यु भएको हो ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पाइलट अनिल सिंह, पूर्व रामानुज, कृति, उर्भी, सुजाता, प्रेम कुमार र कला रहेका छन् । दिल्लीस्थित आर्यन एभियसनको हेलिकोप्टर कम भिजिबिलिटीका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
राज्यका प्रहरी महानिर्देशक (डीजीपी) अशोक कुमारले दुर्घटनामा परेकाहरू रुद्रप्रयाग जिल्लामा रहेको केदारनाथ मन्दिरको दर्शन गरेर फर्कंदै गरेका वेला केदारनाथभन्दा दुई किलोमिटर अगाडि हेलिकप्टरमा आगो लागेको हो । भारतीय राष्ट्रपतिद्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएकाहरुप्रति संवेदना प्रकट गर्नुभएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?