शिक्षकको २२ घण्टापछि उद्धार

शिक्षकको २२ घण्टापछि उद्धार

सिन्धुपाल्चोकको भीरमा अड्किएका एक शिक्षकको २२ घण्टापछि उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सकुशल उद्धार गरिएको हो ।

दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा बेपता भएको स्थानियले बताएका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट २२ घण्टापछि उहाँलाई उद्धार गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । उहाँका अनुसार  भीरबाट सिवाकोटीको आवाज आएपछि उद्धारको पहल थालिएको थियो ।

शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । ठूलो पानी नपरेकाले खोलामा पानीको सतह नबढेकाले सिवाकोटी ढुंगामै अड्किरहनु भएकाले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार