नेशनल सेलिब्रेटी अवार्डको आवेदन फारम खुल्ला

नेशनल सेलिब्रेटी अवार्डको आवेदन फारम खुल्ला

साहित्य सरोवर मिडिया प्रा ली र न्यु अञ्जना डिजिटल म्युजिक प्रा लीको संयुक्त प्रस्तुति मा नेशनल सेलिब्रेटी अवार्ड २०२२ हुने भएको छ । अवार्डको पहिलो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

नेशनल सेलिब्रेटी अवार्ड २०२२ मा सहभागी हुन २०७९ कात्र्तिक मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक जस बहादुर याक्खा ले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड का निर्देशक अर्जुन पन्तले जानकारी दिए ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको नेशनल सेलिब्रेटी अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने सदस्य सचिव रोशन पोखरेल ले जानकारी दिए । सष्ट्रा र सस्कृतिको संरक्षणको लागी निरन्तर रुपमा आयोजक सस्था लागी परेको सस्थाका अध्यक्ष सन्तोष कटवालले जानकारी दिए ।

नेशनल सेलिब्रेटी अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु–याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डको आवेदन फारम अनलाइनबाट समेत भर्न सकिने आयोजक सस्थाले बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार