गायिका सोनिया सेन पोखरेलको 'केही खोजिरहेको' सार्वजनिक

गायिका सोनिया सेन पोखरेलको 'केही खोजिरहेको' सार्वजनिक

गायिका सोनिया सेन पोखरेलको आबाजमा केही खोजिरहेको थिए बोलको गित सार्वजनिक भएको छ । बर्मामा बसेर आफ्नो साङितिक यात्रा सुरु गरेकी सोनियाले गायक सुगम पोखरेलको शब्द संगीतमा आफ्नो आबाज दिएकि हुन । अन्य गायकका कभर गितहरु गाए पनि यो सोनियाको पहिलो गित हो । गायक सुगम पोखरेलले बिश्वास गरेर यो अबसर दिनु भएको मा गायिका सोनियाले धन्यवाद दिएकि छिन । साथै यो गीत सबै नेपाली गीत सङित सुन्ने र हेर्ने श्रोता तथा दर्शकहरु लाई मन पर्छ भन्ने आशा पनि लिएकी छिन । गितको सङित संयोजन पिग इ प्रडक्सन ले गरेको हो । गितको भिडियोमा प्रदिप बस्तोला र प्रशम्सा रायमाझी को अभिनय रहेको छ । शिबराम श्रेष्ठले छायांकन गरेको उक्त भिडियोलाई बिजेश पौडेलले सम्पादन र निर्देशन गरेका हुन । गीतलाई मादल स्टुडियो नामक यु टुब बाट सार्बजनिक गरिएको छ । मादल स्टुडियोले नयाँ तथा पुराना गायक हरुको नया तथा पुराना गित सङितलाई उत्पादन तथा बितरण गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार