राज्यमन्त्री चौधरी बर्खास्त

राज्यमन्त्री चौधरी बर्खास्त

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहनुभएका चौधरीलाई  मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उहाँका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको हो ।

एकीकृत समाजवादीका नेता तारा लामा तामाङ लगायतका नेता एमालेमा प्रवेश गर्न सूचना पाएपछि नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले कारबाहीका लागि सिफारिश गरेको जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तामाङमाथि अनुशासनको कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिश गरिएको छ ।

केन्द्रीय सदस्य समेत रहेको तामाङलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गर्न सिफारिश गरिएको हो । तामाङ्गलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ । राज्यमन्त्री चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएको सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले बताएका छन् । एकीकृत समाजवादी पार्टीबाट चौधरी २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार