काठमाण्डौ । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ । आइतबार भारतीय समय अनुसार दिउँसो २ बजेर तीस मिनेटमा उक्त भवनमा विस्फोट गराएर भत्काइएको हो । भारतको नोयडा राज्यमा सुपरटेक बिल्डरले निर्माण गरेका दुई ठूला टावर एपेक्स र केयनमा एकैपटक विस्फोट गरेर भत्काइएको छ ।
टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । नियम विपरीत निर्माण गरिएको उक्त दुईवटा गटावर’लाई सर्वोच्च अदालतको आदेशपछि ध्वस्त गरिएको हो । उक्त भवन अवैध रुपमा बनाइएको भन्दै सन् २०१२ मा इलाहावाद हाइकोर्टमा मुद्धा परेको थियो।
त्यसपश्चात अदालतले सन् २०१४ मा यसलाई भत्काउन आदेश दिएको थियो। फैसला भएको करिब ८ वर्षपछि भवन ध्वस्त बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको इतिहासमा सबैभन्दा ठूला भवन विस्फोट गराएर भत्काएको यो पहिलो घटना हो।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?