चितुवाको आक्रमणबाट बालक घाईते

चितुवाको आक्रमणबाट बालक घाईते

तनहुँमा चितुवाको आक्रमणबाट एक बालक गंम्भिर घाइते भएका छन् ।

बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी घाइते बनाएको हो । घाइते बालकको बन्दीपुर गाउँपालिका–४ डुम्रे स्थित मोति हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लगिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।उहाँका अनुसार परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ छ ।

घरको पिढीमा खेली रहेको बेला चितुवाले आक्रमण गरी लगेको र आमा पछि लागेर ५० मिटर पर पुगेपछि चितुवाबाट छोरालाई खोसेर ल्याउन सफल भएको स्थानीय वासु पन्थले बताउनुभयो ।उहाँका अनुसार सोही ठाउँका हेमबहादुर रानाको खसीलाई साँझ चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत सोहि चितुवाले आक्रमण गरेको हो ।रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनःगाउँमा पसेर परियारलाई आक्रमण गरेको स्थानियहरुको भनाई छ ।

बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले गाँउमा नै चितुवा पसेर आक्रमण गर्न थालेपछि स्थानिय चिन्तित भएको बताउनुभयो । यसअघि पनि चितुवाले पटक पटक जनावर वा मानिसलाई आक्रमण गर्ने गरेको उहाँको भनाई छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार