गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार मध्यरातबाट चालू अधिवेशन अन्त्य गर्नुभएको हो ।

संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले वुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सभा स्थापना सँगै हाल सम्म पाँच हिउँदे, पाँच बर्खे र दुई विशेष अधिवेशन सम्पन्न भएको छ । यस अवधीमा प्रदेश सभाले ५९ विधेयक पारित गरेको उहाँले बताउनुभयो ।

प्रदेश सभाको अधिवेशन सकिए पनि प्रदेश सभा सदस्यको कार्यकाल भने केही महिना बाँकी छ । निर्वाचन आयोगले ४ मंसिरमा प्रदेश सभा सदस्यको निर्वाचन मिति घोषणा गरिसकेको छ । अब निर्वाचनबाट नयाँ सदस्य आएपछि मात्र प्रदेश सभाको अर्को अधिवेशन बस्नेछ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार