ग्राउण्ड जिरो रिपोर्ट : ३४ वर्षपछि पुरानै धारमा फर्कियो सप्तकोसी, हजारौं नागरिक बेघरको अवस्थामा

ग्राउण्ड जिरो रिपोर्ट : ३४ वर्षपछि पुरानै धारमा फर्कियो सप्तकोसी, हजारौं नागरिक बेघरको अवस्थामा

अन्जनी कुमार अधिकारी, उदयपुर । झन्डै दुई महिनायता पश्चिममा तीव्र कटान गर्दै आएको सप्तकोसी बुधवार बिहान अन्दाजी ४ बजेको समयमा उदयपुरको बेलका नगरपालिका - ८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ । पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै सप्तकोसी नदीमा आएको बाढीले पछिल्लो समय पश्चिम् तर्फ कटान तीव्र पारेसँगै नदी पश्चिम तटीय क्षेत्रमा पसेको हो ।


विशेष गरेर डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रको पुरानै धारमा प्रवेश गरेको हो। सप्तकोसी उदयपुरको बेलका नगरपालिका ८ डुम्रिबोटेबाट पश्चिम् तर्फ पसेसँगै बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती यतिबेला डुबानमा परेका छन।

बिहान सानो धार बनाएर पश्चिम् तर्फ मोडिएको कोशीले अहिले सम्म करिब ३००  मिटर कटान गरेर कोसीको ठूलो भंगालो नै पश्चिम तर्फ पसेको छ भने नदीले थप ठूलो भागमा  कटान गरेर नदी बस्ती तर्फ जाने सम्भावना भएकोले नदीको पुरै बहाव परिर्वतन हुन सक्ने खतरा रहेको छ।

सप्तकोसी नदी ३४ वर्षपछि आफ्नै पुरानै धारमा फर्किंएको स्थानियको भनाइ छ। यसरी नदी पुरानो धारमा फर्कदा उदयपुर, सप्तरी र सुन्सरीका बस्तीहरु प्रभावित भएका छन् । सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका नगरपालिका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका तेसै गरी सुन्सरीको बराहाक्षेर नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् ।


३४ बर्षपछी सप्तकोशीले अहिले जुन धार समातेर नदी बस्ती तर्फ पसेको छ २०४५ सालअघि सोही ठाँउबाट सप्तकोशी बग्ने गरेको स्थानिय रामकुमार खड्काले बताउनु भयो। वहाँका अनुसार २०४५ सालको भूकम्पपछि सप्तकोशीले धार परिवर्तन गरेर पूर्वतर्फ लागेको हो।

 
कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट हाल कोशी पसेको स्थानमा बस्ती बस्न थालएको हो। अहिले कोसीले धार परिवर्तन गरेर पुरानै ठाँउमा आउँदा पछि बसोबास गरेका बस्ती प्रभावित भएका छन भने नदीले पुराना बस्तीमा समेत क्षेती पुग्ने देखिएको छ।

बेलाका नगरपालिका वडा नम्बर ३ का वडा सदस्य फालुग्न कार्कीका नुसार नगरको वडा नम्बर १, २, ३, ८ र ९ का बस्ती बाढीले प्रभावित भएका छन। बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित हुने बताइएको छ।  बेलका नगरपालिकाको वडा नं। ३ मा मात्र ९ सय घर परिवार प्रभावित हुने भएका छन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सप्तकोसी नदीमा अस्थायी बाँध बाँधेको भए पनि उक्त बाँध बाढीले कटान गरेको छ। बाढी प्रभावितहरू मध्य केही अहिले आफन्तका घरमा आश्रय लिइरहेका छन् भने केही बाढीपिडितहरु घर बाट निक्लिन नचाहेकोले उनिहरुको उचित ब्यबस्थापना गरिने भए पछी मात्र डुबान क्षेत्र बाट बाहिर आउने बताएका छन।

सप्तकोसीले धार परिवर्तन गरेर उदयपुर जिल्लाको बेलाका नगरपालिका तर्फ पसे संगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, सडक पुर्वाधार तथा शहरी बिकास मन्त्री हिमाल कार्की सहित को टोलिले नदीको स्थलगत अवलोकन गरेको छ। मन्त्री द्वयले कोशीको कटान क्षेत्र र डुबान क्षेत्रको स्थलगत अवलोकन गरे संगै प्रदेश, जिल्ला तथा स्थानिय तह विपदब्यबस्थापनाको संयुक्त बैठक बेलाका नगरपालिकामा बसेको थियो। कोशी कटानको स्थलगत अवलोकन गर्न आउनु भएका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बाढी प्रभावित क्षेत्रका जनताको जिउधनको रक्षाको लागी प्रदेश सरकारले सबै खाले बिकल्प अबिलम्ब परिचालन गर्ने भन्दै बर्षा पस्चात नदीलाई पुरानै धारमा फर्काउन संघिय सरकार र कोशी प्रोजेक्ट संग समन्वय गरेर काम गरिने बताउनु भयो ।
 

पूर्वी पहाडमा लगातारको वर्षातसँगै सप्तकोसी नदीमा आएको बाढिले नदिको पश्चिम तटीय क्षेत्रमा गत असार महिना देखी निरन्तर कटान तीव्र पारेको थियो। गत असार महिना बाट कोशी पुरनै आफ्नो धार तर्फ सोझिन थाले पछी उक्त तटीय क्षेत्रका २५ हजार भन्दा बढी मानिस विस्थापनको उच्च जोखिमा पर्दै आएका थिए। बिगत दुई वर्षयता नदी पश्चिम किनारतर्फ धकेलिएको कोसीले उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटेमा तिब्र कटान पस्चात बुधवार बिहान बाट नदी बस्ती तर्फ पसेको हो।

नदी बस्ती तर्फ पसे संगै सुन्सरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको वडा नं ६ र ९ को केही भागका जनता टापुमा परिनत भएका छन। हाल कोसीको बहाव उदयपुरको बेलाका नगरपालिका वडा नं ८ र ३ हुँदै बस्ती डुबान पार्दै गर्दा सुन्सरीको बराहाक्षेत्र नगरपालिका वडा नं ६ र ९ का अन्दाजी ४ सय घर धुरीका २१ सय जनता कुनै पनि बेला डुबानमा पर्ने भन्दै आफु चिन्तित रहेको र तत्काल प्रदेश विपद ब्यबस्थापना हेर्ने आन्तरिक मामिला मन्त्रालय संग छलफल गरेर उक्त क्षेत्रका वासिन्दालाई समेत सुरक्षित स्थानमा सारीने बताइएको छ।
 


नदी बस्ती तर्फ सोझिएर स्थानियहरु डुबानमा परेसंगै लगभग २ महिना देखीको कोशी नियन्त्रणको सबै प्रयास असफल बनेको छ। गत बर्षनै नदीले पश्चिमा क्षेत्र तर्फ तिब्र कटान गर्न थाले पछी संघिय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले समेत नदीको स्थलगत अवलोकन गर्दै भारत सरकार संग समन्वय गरेर नदी कटानको रोकथाम गरिने प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो भने यसै बर्ष समेत नेपाल सरकारका परराष्ट्र मन्त्री डा। नारायण खड्काले स्थालगत अवलोकन गर्दै रोकथामका उपाय खोज्न सम्बन्धित निकायलाई निर्देशान् दिनु भएको थियो। संघिय सरकार ति सबै कार्य यतीबेला कोसीमा आएको बाढीले बगाएको छ।

बेलका नगरपालिकाका मेयर अशोक कार्की आफु निर्वाचित भए देखी निरन्तर कोशी रोक्न लागी परेको भए पनि उक्त सबै प्रयास विफल भएको बताउनु हुन्छ वहाँका अनुसार नगरले आफ्नो सामर्थ्यले भ्याए सम्म सबै खाले उपाय अपनाउदा समेत कोशी रोक्न नसकिकेको भन्दै अब डुबान क्षेत्रका जनताको जिउधनको रक्षा गर्नु गर्नु विकल्प नगरेको जिकिर गर्नु भयो।
मेयर कार्कीका अनुसार नदी बस्ती तर्फ बसेसंगै नेपाल प्रहरी, शसस्त्र प्र्हारी र नेपाली सेनाको टोलिले डुबान क्षेत्रका अन्दाजी ८ सय घर परिवाको उद्धार गरिसकेर आज दिन भरिमा सबैलै उद्धार गरिने बताउनु भएको छ। मेयर कार्कीले कोशी सम्झौता अनुसार नेपाल सरकारले नदीको पुर्वी तटमा झै बाँध लगाउन माग गर्नु भएको छ

 

सप्तकोसी नदीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसे संगै उक्त क्षेत्रका विस्थापित २ हजार ५ सय परिवारको तत्काल उद्धार गरिँदै छ। अहिलेसम्म करिब २ हजार परिवारको उद्धार गरिसकिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभएको छ। वेलका नगरपालिका–८ डुम्रिबोटेबाट झण्डै ३ सय मिटर जमिन कटान गरी कोसी गाउँ पसेको हो । बुधबार बिहान पसेको कोसीले बेलका नगरपालिकाको ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्बर वडाका २ हजार ५ सय परिवार तत्काल विस्थापित हुन पुगेका छन। नदी बस्ती तर्फ पसेर बिस्तापित भएकाको घर परिवारलाई तत्काल उद्धार गरी उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिने समेत प्रजिअ यादवले बताए उनका अनुसार तत्काल आवश्यक बन्दोबस्तिका समानहरु प्रदेश सरकार र नेपाल रेडक्रस बाट उपलब्ध गराएर नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनाले उद्धार गरिरहेको छ।

पहाडी क्षेत्रमा केही दिनयता अविरल वर्षातसँगै आएको बाढीले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटमा कटान गरी कोसी गाउँ पसेको हो । बाढी पसेपछि बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ का स्थानीय प्रभावित भएका छन् । प्रभावित क्षेत्रका स्थानीय घरमा भएको खाद्यान्न, लत्ताकपडा र वस्तुभाउ लिएर सुरक्षित स्थानतर्फ गईरहेका छन।


अहिलेकै अवस्थामा कोसीको बहाव बढ्दै गए नदीले सप्तरीको सप्तकोसी नगरपालिकाका ६ र ७ नम्बर वडामा समेत असर गर्ने सम्भावना रहेको सप्तकोशी नगरपालिका सप्तरीका नगरप्रमुख कृष्ण ढकालले जानकरी दिनु भएको छ। उता नदीको बहाव बड्दै जाँदा सप्तरी जिल्लाकै कञ्चनपुर नगरपालिकाको वडा नम्बर १, २, ४, ५ र १० मा समेत प्रभाव पुग्ने अनुमान गरिएको छ।

राज्यले बेलैमा चासो नदिदा बेलाका नगरपालिका क्षेत्रको सयौं बिघा खेतियोग्य समिन जलमग्न हुन पुगेको छ भने हजारौ जनता घरबार बिहिनको अवस्थामा पुग्ने भएका छन। 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

सम्बन्धित समाचार