दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

मुगु र जुम्लामा भएको दुई छुटाछुटै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मुगुको छारानाथ रारा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही नगरपालिका– १३ रुघाका बर्ष ३५ को लोकेन्द्र लावड रहेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका अनुसार दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । आइतबार बिहान ९ बजे कर्णाली नदीबाट बालुवा लोड गरी बाम तर्फ जादै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हो । ७ जना सवार ट्याक्टर सडकबाट ५०÷६० मिटर तल खसेको उहाँले बताउनुभयो ।घाइतेहरको जिल्ला अस्पताल ठिनी मुगुमा उपचार भइरहेको छ भने चालक फरार रहेको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जीप दुर्घटना हुँदा मुगु राराछायाँनाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवाको ज्यान गएकोे छ । सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्बरको जीप दुर्घटना भएको  प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जीप दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । दुर्घटनामा जीप चालक दलबहादुर बुढा घाइते भएको  र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भै रहेको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार