ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ

ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ

सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा रुपन्देही प्रहरीले १५० भन्दा बढी युवायुवती नियन्त्रणमा लिएको छ । तिलोत्तमा नगरपालिका २ जानकी नगरबाट प्रहरीले भारतीय सहित नेपाली युवालाई नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार चार तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिएर सर्वसाधारणलाई ब्ल्याकमेलिङ गर्ने गरेको पाईएको हो । करिब ३ सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई फसाएको प्रहरी अनुसन्धानबाट खुलेको पाईएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार एक जना भारतीय र ६ जना नेपालीको संयुक्त लगानी रहेको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा प¥यो भन्दै ठगी गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यस बिषयमा थप अनुसन्धान भै रहेको जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार