‘मलाई माया’ म्युजिक भिडियो सार्वजनिक

‘मलाई माया’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश  ‘मलाई माया’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।  
 
यस गीतमा अर्जुन थापाको शब्द र सङ्गीत रहेको छ । गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन रहेको छ । भिडियोमा गीतकार एवं सङ्गीतकार अजुर्न थापा र निरु थापाको अभिनय रहेको छ । हाल अमेरिकामा बसोबास गर्दै  आएका कलाकार अर्जुन थापा नेपाली गीत सङ्गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ ।

बुद्ध थापा छायाङ्कन गरेको यस भिडियोलाई सुरेश राउतले सम्पादन गर्नुभएको हो । सुरेश थापाको निर्देशनमा भिडियो तयार पारिएको हो । माया प्रेमसँग सम्बन्धित म्युजिक भिडियो ‘कलापुञ्ज’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार