माली आक्रमणको निन्दा

माली आक्रमणको निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मालीमा भएको हिंसात्मक हमलाको निन्दा गर्नुभएको छ । उहाँका प्रवक्ताले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गर्नुभएको हो । अधिकारीहरुका अनुसार मालीमा भएको हमलामा परी एक सयभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकले सो विज्ञप्ति प्रकाशन गर्नुभएको छ । उहाँका अनुसार मालीको बान्दियागारामा भएको हमलामा परेर ती नागरिकको ज्यान गएको हो ।

सो क्षेत्रमा यसै हप्तामा करिब १०० जनाको हत्या भएको बताइएको छ । सो क्षेत्रका एक सय जनाको ज्यान गएको र उनीहरुका घरमा समेत क्षति पु¥याइएको थियो ।

मालीमा अहिले शान्ति सेना रहेका छन् । तर ती क्षेत्रमा अतिवादी आतङ्ककारीहरुले हिंसात्मक हमला गर्ने गरेका छन् ।
पछिल्लो समयमा यहाँ उनीहरुले हिंसा झन् बढाएका छन् । यसबाट कैयौँ नागरिकको ज्यान गएको र ठूलो जनधनको क्षति पुगेको छ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार