अष्ट्रेलियाविरुद्ध श्रीलंकालाई सिरिज

अष्ट्रेलियाविरुद्ध श्रीलंकालाई सिरिज

काठमाडौं । घरेलु टोली श्रीलंकाले चौंथो एकदिवसीय अन्तराष्ट्रियमा अष्ट्रेलियालाई हराएको छ ।

कोलम्बोमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले हराएको हो ।

यस जितसँगै श्रीलंकाले पाँच खेलको सिरिज एक खेल अगाबै ३(१ ले जितेको छ।

श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको हो । 

श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ५४ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ९९ रनको अर्धशतकीय इनिङ खेले ।

पाट कुमिन्सले ३५ रन जोड्दा टार्भिस हेडले २७ र मिचेल मार्शले २६ रन बनाए ।

श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले २र२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो ।

श्रीलंकाका लागि चारिथ असलन्काले १ सय १० रनको शतकीय इनिङ खेले । धनन्जय डी सिल्भाले ६० रनको अर्धशतकीय इनिङ खेले ।  

अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले २र२ विकेट लिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार