२३ वर्षीया उडिसा अभिनेत्रीको पंखामा झुण्डिएर मृत्यु

२३ वर्षीया उडिसा अभिनेत्रीको पंखामा झुण्डिएर मृत्यु

एजेन्सी । उडिसा फिल्म क्षेत्रकी २३ वर्षीय अभिनेत्री रश्मिरेखा ओझा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।

शनिबार उनी भाडाको घरमा राति पंखामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका अनुसार यो आत्महत्या नै भएको बताइएको छ । रश्मिरेखाले आफ्नो मृत्युको जिम्मेवारी कसैलाई नदिने गरी लेखिएको सुसाइड नोट बरामद गरेको प्रहरीले बताएको छ ।

तर ती अभिनेत्रीका बुबाले यो आत्महत्या नभई हत्या भएको दाबी गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले यस घटनाको सत्य तथ्य छानबीन गर्न समेत माग गरेका छन् ।

अभिनेत्रीको बाबुले छोरीको मृत्युको आरोप उनको लिभ इन पार्टनर सन्तोषलाई लगाएका छन् । अभिनेत्रीका बुबाले भारतीय मिडियासँग कुरा गर्दै कि छोरीको मृत्युको जानकारी आफ्नो लिभ इन पार्टनर सन्तोषबाट जानकारी पाए । शनिबार रश्मिरेखाले हाम्रो कुनै पनि कलको जवाफ दिइनन् । पछि सन्तोषबाट उनको मृत्युको खबर सुने । सन्तोष र रश्मी श्रीमान्–श्रीमती भएर बस्ने गरेको घरधनीबाट थाहा भयो । यसबारे हामीलाई कुनै जानकारी थिएन । दुवै विवाहित भए सन्तोषले छोरीको हत्या गरेको हो । सुसाइड नोटमा के लेखिएको छ थाहा छैन ।

उनको शवलाई पोष्टमार्टमको लागि लगिएको छ । तर, रिपोर्ट आउन भने बाँकी छ ।अभिनेत्री रश्मिरेखा ओझा ओडिशाको जगतसिंहपुर जिल्लाकी हुन् । रश्मीले टिभी सिरियल केमिती कहिबी कहाबाट फिल्मी उद्योगमा ख्याति कमाएकी थिइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार