बंगलादेश र भारतमा बाढीका कारण ४१ जनाको मृत्य

बंगलादेश र भारतमा बाढीका कारण ४१ जनाको मृत्य

काठमाडौं । बंगलादेश र भारतमा बाढीका कारण ४१ जनाको मृत्यु भएको छ ।

बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा एकसातादेखि जारी वर्षापछि आएको बाढीमा ४० लाख मानिस अलपत्र परेको बंगलादेशका अधिकारीहरूले जनाएका हुन् । बाढीका कारण राजधानी ढाकासँगै जाकिगन्ज, जैतियापुर, बिश्वनाथ जिल्ला डुबानमा परेका छन् । बाढीमा फसेकाहरूको उद्धार कार्य भने जारी रहेको छ ।

हजारौंको घरमा बाढी पस्दा करोडौंको धनमाल नष्ट भएको छ । जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलका अनुसार ग्लोबल वार्मिङको दर कायम रहे बंगलादेशका करिब १७ प्रतिशत मानिसलाई अर्को दशकमा अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आउँछ ।

यसैगरी भारतको मेघालयमा आएको बाढीमा १६ जनाको मृत्यु भएको छ । भारतको उत्तरी राज्यहरू आसाम र मेघालयमा बाढीका कारण अधिकांश घरहरु डुबानमा परेका छन् । भारतका १८ लाख मानिस बाढीले विस्थापित भएका छन् । बाढी प्रभावितका लागि उचित राहतको व्यवस्था गरिने भारत सरकारले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार