अन्जनी कुमार अधिकारी, उदयपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटमा बेलका नगरपालिकामा अनियमतिता भएको रहस्य बाहिर आएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेलका नगरपालिकाको वडा नं। ४ मा दैनिक ज्यालादारी अशिक्षित मजदुरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमिता भएको रहस्य खुलेको हो।
रोजगारमा नाम निस्केका सवैको बैंक खाता खोलाइए पनि काम नगरि कर्मचारी र जनप्रतिनिधि स्वयमले पैसा लिएको रहस्य खुलेको हो। मजदुरले पाउने ज्याला नदिई अनियमितता गरेको स्थानीयवासीले आरोप लगाएका छन्। आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकामा सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा कार्यालयले ३८ जनालाई काममा लगाएको स्थानीय जीत बहादुर मगरले सूचनाको हक प्रयोग गरि लिएको डकुमेन्टमा देखिन्छ। काममा लगाइएका सवै मजदुरको कुमारी बैंक रामपुर शाखामा रकम जम्मा गरेको नगरपालिकाका रोजगार संयोजक विमला थापाले जानकारी दिए । सो वडाका मजदुरका लागि १९ लाख ६४ हजार ६ सय रुपैया रकम विनियोजन भएपनि १३ लाख २० हजार ६ सय ५३ रुपैया खर्च भएको संयोजक थापाले जानकारी दिईन।
बेलका नगरपालिका ४ ठोक्सिला कटारी खानेपानी आयोजना निर्माणको लागि १२ जनाले रोजगार पाएको डकुमेन्टमा देखिन्छ । आयोजना निर्माणको कामको लागि रचना कुमारी सार्कीको पनि नाम रोजगार कार्यक्रममा निस्केको थियो । उनको कामको लागि नाम निस्किएर कुमारी बैंकमा खाता पनि खोलेका थिए । तर, काम लगाउने बेलामा उनलाई कसैले बोलाएनन् । जव असारको अन्तिम दिनमा मात्रै विष्णु नेपाली सार्कीले पाँच सय रुपैया दिएकी थिइन
रोजगार कार्यक्रममा नाम निस्केका सवैको बैंक खाता खोलिएको छ। अर्कोतिर खातामा जम्मा भएको रकम झिक्न मजदुरको चेक नै कब्जामा लिएर खाली चेकमा हस्ताक्षर गराइएको नन्दी कुमारी मगर ले बताइन उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कुनै काम नै नगरी ५ हजार पाएकी छिन् तर उनको नाममा खातामा कति पैसा आएको बारे उनलाई जानकारी नै छैन्
नगरपालिकाबाट प्राप्त डकुमेन्टमा नन्दी कुमारी सहित १६ जनाले सुन्दरनगरी डाँडाटोल हुँदै बबला ६ जोड्ने सडक निर्माण योजनामा ८६ दिन काम गरेको देखिन्छ र कर कट्टी गरेर उनको खातामा ४४ हजार १७ रुपैया आएको देखिन्छ तर उनिहरुले नत कुनै कामनै गरेका छन नत उनिहरुको नाममा जम्मा भएको पुरा पैसा पाएका छन भने मनोज आचार्यले प्रधानमन्त्री रोजगार अन्तर्गतको नभएर फनबोर्ड को पैसा भएको र सोही अनुसार हाजिरामा पैसा दिने बताइएको थियो। पछी उनलाई खाली चेकमा समेत सही गराइएको भन्दै कती पैसा आफ्नो खातामा आयो कती पैसा निकाल्यो आफुलाई थाहा नभएको बताएका छन उता ईन्द्र बहादुर बस्नेतले भने पछी पैसा आउछ भनेर खाली चेकमा सही गराएको र १ हजार मात्र दिएको बताए
जन प्रतिनिधीलहरुले समेत प्रधानमन्त्री स्वरोजगार सम्बन्धी आफुहरुलाई केही थाहा नभएको गुनासो ब्यक्त गरेका छन। बेलाका नगरपालिका वडा नं। ४ का वडा सदस्य कृष्ण कुमार पुर्वछाने मगरले एक्कासी आफुहरुले उक्त शिर्शकको पैसा किर्ते तरिकाले निकालेर खाएको, एउटाले काम गर्ने अर्कको नाममा पैसा निकालिएको भन्दै उक्त रकम कसरी हुन्छ असुलउपर गरन माग गरेका छन भने अर्का वडा सदस्य टंक आचार्यले प्रधानमन्त्री सोरोजगार योजनकै बारेमा थाहा नपाएको, उक्त योजना अन्तर्गत कहाँ कहाँ काम भयो यसबारेमा कुनै छलफल रायसुझाव सल्लाह समेत नलिएको गुनासो ब्याक्त गरेका छन
यता बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले नगरका दश वटै वडामा बिभिन्न काम भएको भन्दै बिशेष गरेर भौतिक पुर्वाधारका क्षेत्रमा काम गरेको बताउदै रोजगारी मै सुचिक्रित भएका ब्याक्तिहरुलाई नै बिभिन्न काममा लगाइएको भन्दै जे प्रायोजनको लागी जे गर्नु पर्ने हो सोही अनुसार भएकोमा आफु हरु ढुक्क रहेको भन्दै कोही कसै बाट गलत काम गरेको पत्तालागे कर्मचारी, जनप्रतिनिधि वा समिति जो सुकै भएपनि सजायको भागिदार हुनु पर्ने बताउनु भएको छ
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटमा बेलका नगरपालिकामा अनियमतिता भएको रहस्य बाहिर आए संगै नगरपालिकाले भने उक्त अनियमतिताको छनबिनका लागी नगर स्तरिय लेखा समिती गठन गरेको छ भने उक्त समितीलाई १५ दिन भित्र प्रतिबेदन पेशगर्न भनिएको छ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?